समाज

अवैध १० लाख रुपैयाँ बरामत

भारतबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले दश लाख रुपैयाँ बरामद गरेको छ। भारतबाट अवैध रुपमा नेपालतर्फ भित्र्याइरहेको स्रोत नखुलेको नेपाली दश लाख रुपैयासहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको हो।  

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ स्थित सडकमा सवारी तथा पैदल यात्रीहलाई चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नम्बरको मोटरसाइकल चढेका बाराको सिम्रौनगढ नगरपालिका ७ का २० वर्षीय दीपक पटेलको हेलमेटबाट प्रहरीले स्रोत नखुलेको नेपाली १० लाख रुपैया बरामद गरेको प्रहरीले जनाएको छ।  

हेलमेटभित्र एक हजार रुपैया दरको आठवटा र पाँच सय रुपैया दरको चारवटा गड्डी गरी १० लाख रुपैया लुकाएर ल्याउँदै गरेको अवस्थामा भेटिएको हो। प्रहरीले मोटरसाइकलसहित पटेललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

गत असोज १५ गते पनि रौतहट प्रहरीले १५ लाख रुपैयासहित एक जनालाई पक्राउ गरेको थियो। भारतबाट नेपाली रुपैया आउने क्रम बढेको पुष्टि भएको छ। एक महिना नबित्दै नेपाल प्रहरीले २५ लाख रुपैया बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।  

प्रकाशित: ३ कार्तिक २०७७ ०६:०० सोमबार