समाज

फरार अभियुक्त एक वर्षपछि पक्राउ

१ वर्षअघि चोरी मुद्धामा दोषी करार भएका उदयपुरका एक युवा आइतबार पक्राउ परेका छन्। चोरी मुद्धामा अभियोग लागेर जिल्ला अदालत उदयपुरले दोषी ठहर गरे पनि भाग्दै आएका त्रियुगा नगरपालिका ३ कोतिगडाका २२ वर्षीय अमित चौधरी आईतबार पक्राउ परेको प्रहरीले जनाएको छ।  

चौधरीलाई जिल्ला अदालत उदयपुरको ०७६ भदौ ३१ गतेको इजालसले १ वर्ष ७ महिना ४ दिन कैद र ३३ हजार जरिवानाको फैसला सुनाएको थियो। तर, घट्नालगत्तै फरार रहेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले शनिबार दिउँसो १ः२० बजेको समयमा पक्राउ गरेको हो।  

उनलाई तोकिएको फैसला कार्यान्वयन गराउन आईतबार जिल्ला अदालत पठाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए। चौधरीलाई अदालतले आईतबारै कारागार पठाएको जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७७ १२:४२ आइतबार