समाज

भक्तपुरमा दसैंमा हुने जात्रा रोक्न स्वयसेवक परिचालन

भक्तपुर नगरपालिकाका स्वयमसेवक कर्मचारीहरुले बाँंस तेस्र्याएर गरेको प्रतिवन्ध।

जात्रैजात्राको सहर भनेर चिनिने भक्तपुरमा कोभिड–१९ को संक्रमणको डर भएदेखि कुनै पनि जात्रा सञ्चालन गरिएका छैनन्। भक्तपुरमा दुई हप्तामा एक पटक ठूला जात्रा चल्ने भए पनि अहिलेसम्म यहाँं कुनै पनि जात्रा सञ्चालनमा आएका छैनन्।  

शनिबारदेखि सुरु भएको दसैं पनि यहाँं औपचारिकतामा सिमित गरिएको छ। दसैंको क्रममा घरबाहिर हुने सम्पूर्ण कार्यक्रममा रोक लगाइएको छ। स्थानीय प्रशाशन, भक्तपुर नगरपालिले दसैंलाई औपचारिकतामा सिमित गरी बाहिर हुने कार्यक्रम नगर्न र घरबाहिर ननिस्कन सबै नगरबासीहरुमा अनुरोध गर्दै आएको छ। पहिलो दिन भक्तपुरका ब्रम्हायणीमा हुने मेला पनि स्थगित भए। सयौं बाजागाजाका साथ दसौं हजार मेला भर्न जाने भए पनि मेलास्थलमा शुक्रबार नै बाँंस तेस्र्याएर सिल गरिएको थियो। साथै शनिबार पनि बिहानैदेखि त्यहाँं आउनेलाई रोक लगाउन नगरपालिकाले स्वयमसेवक परिचालन गरेको थियो। स्थानीय सरकारको रुपमा रहेको भक्तपुर नगरपालिकाले जात्रा पर्व नमनाउन गरको आग्रहलाई परिपालना गरी नगरबासीले अहिलेसम्म कुनै पनि जात्रा मनाएका छैनन्।  

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति जात्रा पर्व रोक्न नगरबासीहरुमा अनुरोध गरेको र त्यसको अक्षरस परिपालना भएकोमा नगरबासीमा आग्रह गरेको छ। तर नभई नहुने पर्वहरु औपचारिकतामा सिमित गरेको उनी बताउँंछन्। जस्तो कि विस्केट जात्राको क्रममा लिंगो उठाउने, भैरब र भद्रकाली रथ तान्ने काम पूरै बन्द भएको तर गाइजात्रामा मृतकको सम्झनामा नगर परिक्रमा गराउनेपर्ने भएर नगर परिक्रमा गराउन दिएको तर गाइजात्राको क्रममा हुने भीडभाडसहितको घिन्तागिन्सी (लठी जुधाएर खेल्ने नाच) लाई रोकको उनले स्मरण गरे।

दसैंको क्रममा यहाँं नौ दिन नै दैनिक फरकफरक स्थानमा मेला लाग्ने गर्दछ। त्यस मेलालाई रोक्न यसरी नै प्रतिबन्ध लगाउने र फाटफुट आएकालाई पनि रोक्न स्वयमसेवक दैनिक स्वयसेवक परिचालन गर्ने योजना नगरपालिकाको छ। नगरपालिकाले यसका लागि अगाडिदेखि नै सार्वजनिक आह्वान गर्नुका साथै माइकिंग पनि गर्दै आएको छ।  

इतिहास एवं संस्कृतिविद् प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठले  कोरोनाबाट बचे जात्रा पर्व जहिले पनि मनाउ सकिने भएकाले जात्रा पर्व रोकेर भक्तपुर नगरपालिका र त्यहाँंका नगरबासीहरुले बुद्धिमतता देखाएको विचार पोख्छन्। हामी नै नरहे पछि जात्रा कसरी सञ्चालन होला ? उनी थप्छन्, त्यसकारण यो महामारीको बेला जात्रा पर्व बन्द गर्नु असाध्यै व्यवहारिक कुरो हो। नेपालका जात्रापर्व इतिहासदेखि चल्दै आएको भए पनि त्यसलाई सञ्चालन गरी भयाबह रुप ल्याउनसक्नेतर्फ विशेष ध्यान दिनुपर्ने खाँंचो उनी औंल्याउँंछन्।

 

प्रकाशित: १ कार्तिक २०७७ ११:४३ शनिबार