समाज

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ९० वर्षीय पुरुष रहेका छन्।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना संक्रमण परीक्षण गरिएको र असोज १२ गते संक्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९ः३० बजे मृत्यु भएको हो। रासस 

प्रकाशित: २८ आश्विन २०७७ ०९:१२ बुधबार

कोरोना संक्रमित