समाज

बुटवलमा कोरोना संक्रमणबाट एकको मृत्यु

बुटवलको कोरोना अस्पतालमा उपचारत एक जनाकोरोना संक्रमितको मृत्यु भएको छ। देवदह १० का ७९ बर्षीय संक्रमित पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमले बताए। 

असाेज २० गते लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका उनलाइ पिसिआर टेष्ट गर्दा संक्रमण पुष्टि भएको थियो।आइतबार स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो। उनलाइ दम, मधुमेह र उच्चरक्त चापको समेत समस्या रहेको डा गौतमले बताए।

यससंगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ३८ पुगेको छ।

प्रकाशित: २६ आश्विन २०७७ ०४:४७ सोमबार

कोरोना संक्रमण मृत्यु