समाज

नेपालमा कोरोना संक्रमित १ लाख नाघे

नेपालमा कोरोना संक्रमण देखिन सुरु भएको आठ महिनाको अवधिमा कुल संक्रमित संख्या १ लाख ६ सय ७६ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जना संक्रमित थप भएका छन्।

उपत्यकासहित शुक्रबार थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कुल संक्रमित संख्या १ लाख नाघेको हो। नेपालमा पहिलो संक्रमित गत फागुनमा चीनको वुहानबाट आएका एक विद्यार्थीमा देखिएको थियो।

कुल संक्रमित मध्येमा हालसम्म ७३ हजार २३ जना निको भएका छन्। देशभरिमा २७ हजार ५३ जना छन्। तीमध्येमा १५ हजार ८ सय ७७ होम आइसोलेसनमा छन् भने ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर लक्षण भएका ३ सय १८ जना आइसियुमा छन् भने ७५ जना भेन्टिलेटरमा उपचार भइरहेको छ। कुल संक्रमितमध्ये हालसम्म ६ सय जनाको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ।

थप १० जनाको शुक्रबार २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेहरुमा झापाका २ जना पुरुष, काठमाडौैंका एक महिला र एक पुरुष, ललितपुरका एक पुरुष, सुनसरीका ४ पुरुष र रुपन्देहीमा २ जना पुरुष छन्। नेपालमा कुल संक्रमितमध्येमा ०.६ प्रतिशतको मृत्यु भएको छ।

प्रकाशित: २४ आश्विन २०७७ ००:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App