समाज

गुण्डा नाइके राधे धादिङमा पक्राउ

गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन्। धादिङ प्रहरी प्रमुख एसपी महेन्द्र खड्काका अनुसार बालुवा निकाल्ने ठेक्काको समय सकिएपछि जनप्रतिनिधिलाई धम्काएर काम गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो।

जनप्रतिनिधिले बालुवा ननिकाल्न भनेपछि भण्डारीले सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएका थिए। उनले धम्की दिएपछि जनप्रतिनिधिले धादिङ प्रहरीमा उजुरी दिएका थिए।  

भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका छन्। उनी यस अघि पटक पटक अपराधिक गतिविधि गरेको आरोपमा पक्राउ परेका छन्। यस अघि हतियारसहित पक्राउ परेका थिए भने गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई गोली हानेको घटनामा समेत पक्राउ परेर धरौटीमा छुटेका थिए।

 

 

प्रकाशित: २३ आश्विन २०७७ ०५:४२ शुक्रबार

गुण्डा नाइके पक्राउ