समाज

सुनसरीका २ कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीका २ जना कोरोना संक्रमितको निधन भएको छ। इटहरी ६ का ६८ वर्षीय र दुहबीका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार इटहरीका वृद्धको मध्यराती १२ बजेर ३० मिनेटमा निधन भएको हो। मृतकलाई असोज २० गते संक्रमण पुष्टि भएपछि हिजो बिहिबार अस्पताल भर्ना गरिएको श्रेष्ठले जानकारी दिए।  

यसैगरि, डा. श्रेष्ठका अनुसार आज बिहान २ बजे दुहबीका संक्रमितको पनि मृत्यु भएको छ। मृतकलाई मृगौलाको समस्या थियो। असोज १२ गते संक्रमण पुष्टि भएपछि मृतकलाई प्रतिष्ठान भर्ना गरिएको थियो। दुवैको शव नियमानुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ।  

 

 

प्रकाशित: २३ आश्विन २०७७ ०५:३१ शुक्रबार

कोरोना भाइरस कोरोनाबाट मृत्यु