समाज

अब चलचित्र, भिडियो, टिकटकमा प्रहरीको पोसाक प्रयोग गरे कारबाही

विभिन्न चलचित्र, भिडियो एवं टिकटकलगायतमा आफ्नो पोसाक जथाभावी प्रयोग गरिएको भन्दै नेपाल प्रहरीले कारबाही गर्ने चेतावनी दिएको छ।  

प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक, दर्ज्यानी चिह्न र मोनोग्रामको दुरुपयोग भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे हाे। 

आइन्दा बिनास्वीकृति त्यसरी प्रयोग गरेको पाइएमा सम्बन्धित पक्षलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।  

हेर्नुहाेस् विज्ञप्ति-

प्रकाशित: २२ आश्विन २०७७ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App