समाज

अब पानी पर्ने सम्भावना छ कि छैन?

मनसुन बाहिरिन बाँकी रहे पनि केही दिनयता वर्षा हुने क्रम ह्वात्तै घटेको छ, धेरै ठाउँमा घाम लाग्न थालेको छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार अब प्रदेश ५ देखि पूर्वका क्षेत्रबाट मनसुन बाहिरिन बाँकी छ। यसभन्दा पश्चिमका क्षेत्रमा भने मनसुन हटेको एक हप्ता पुग्न लागिसकेको छ।  

मौसमविद्का अनुसार बंगालको खाडीको उत्तरपश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालको पूर्वी क्षेत्रमा अझै मनसुनी गतिविधि जारी रहेको हो।  

कस्तो छ वर्षाको सम्भावना?  

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाँकी रहेका प्रदेशका केही स्थानमा आजदेखि तीन दिनसम्म हल्का वर्षाको सम्भावना छ।  

महाशाखाले बुधबार बिहान जारी गरेको तीन दिनको मौसम अनुमान यस्तो छ : 

असोज २१ गते (बुधबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमाआंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमाआंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २२ गते (बिहीबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमाआंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना छ।

राती :  देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २३ गते (शुक्रबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमाआंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना छ।

राती :  देशभरआंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: २१ आश्विन २०७७ ०८:१८ बुधबार

मौसम मनसुन