समाज

पछिल्लो २४ घण्टामा कोरोनाबाट उपत्यकामा मात्रै १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका कारण १२ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३ महिलासहित ६ पुरुषको ज्यान गएको छ भने ललितपुरमा तीन वर्षिय बालकसहित ४ जनाको ज्यान गएको छ। यस्तै उपत्यकामा १५ सय ३१ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ११७८, भक्पुर १०३ र ललितपुरमा २५० संक्रमित थपिएका हुन्। देशभर २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर २४ घण्टामा १९ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: १९ आश्विन २०७७ १०:५३ सोमबार

कोरोना भाइरस काठमाडौं उपत्यका कोरोनाबाट मृत्यु