समाज

वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

वैदेशिक रोजगार ठगीका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिमबहादुर तामाङलाई पक्राउ गरी फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालत काठमाडौंमा बुझाएको छ।  

ठगी मुद्दामा उनलाई वैदेशिक रोजगार न्यायाधिकरणले २०७४ भदौ ११ गते १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवाना ठहर गरेको थियो। सिन्धुपाल्चोक बलेफि घर भएका उनलाई प्रहरीले बौद्ध स्तुपा नजिकैबाट पक्राउ गरेको हो।  

 

 

प्रकाशित: १९ आश्विन २०७७ ०७:५५ सोमबार

पक्राउ