समाज

कोरोना संक्रमित पुरुषको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति धरान १५ का ५५ बर्षीय पुरुष रहेका छन्। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनको आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए। 

प्रतिष्ठानका अनुसार मृतक विगतदेखि नै उच्चरक्तचाप र मृगौलाका विरामी थिए। उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनी कोभिड अस्पतालमा भर्ना भएका थिए। मृतकको शवलाई नियमानुसार व्यवस्थापन गर्ने तयारी भइरहेको पनि प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १९ आश्विन २०७७ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App