समाज

म्याग्दीमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान छ भने अर्का एक गम्भीर घाइते भएका छन्। बिमबाट छिमेकी दरबाङको दिच्याम जाँदै गरेको ट्याक्टर ध १ त ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै दुर्घटना हुदाँ रघुगंगा गाउँपालिका–३ का आषिश खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए।  

उनका अनुसार घाइत हुनेमा पर्वत जलजला गाउँपालिका–२ का प्रविण परियार रहेका छन्। ट्याक्टर दुर्घटनाको खवर लगत्तै प्रहरी परिचालन गरिएको छ। दुर्घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।

प्रकाशित: १९ आश्विन २०७७ ०३:१६ सोमबार

ट्याक्टर दुर्घटना