समाज

सर्वोच्चका न्यायाधिश र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

सर्वोच्च अदालतका न्यायाधिशलगायत केही अधिकृत र कर्मचारीमा कोराना संक्रमण देखिएको छ। सर्वोच्च अदालतले  सूचना जारी गर्दै न्यायाधीशहरु लगायत केही अधिकृत र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको सूचनामार्फत जानकारी दिएको छ।

संक्रमण पुष्टि भएका न्यायाधिश र कर्मचारीहरु होम क्वारेन्टिनमा बसेको जनाएको छ।  

‘यस अदालतका माननीय न्यायाधीश ज्यू लगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको र संक्रमित एवम् त्यसबाट प्रभावित माननीय न्यायाधीश ज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन–सेल्फ–आइसोलेसनमा रहनुभएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ’, सर्वोच्चको सूचनामा उल्लेख छ।

प्रकाशित: १८ आश्विन २०७७ ०६:५३ आइतबार

संक्रमण पुष्टि