समाज

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

स्वास्थ्य अवस्था कमजोर  १९औं पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उनी अनशन बसेको १६ दिन पुगेको छ । 

त्रिवि शिक्षण अस्पतालका अनुसार जिउ गल्ने, चक्कर लाग्ने, मुटुको धड्कन बढ्नेलगायत समस्या केसीमा देखिएका छन् । उनको रगतमा डब्लुबिसी, सुगर र पोटासियमको मात्रा घट्दै गएको छ । 

उनलाई कुनै पनि बेला भेन्टिलेटर आवश्यक पर्नसक्ने चिकित्सक बताउँछन् । केसीले माग सम्बोधन नभएसम्म उपचार नलिने अडान राखेका छन् । डा. सुवास आचार्यको टोलीले उनको स्वास्थ्य अवस्था निगरानी गरिरहेको छ ।

प्रकाशित: १४ आश्विन २०७७ ०१:५९ बुधबार

डा. गोविन्द केसी १९औं अनशन स्वास्थ्य अवस्था कमजोर