समाज

११ वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ

प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर साहलाई पक्राउ गरेको छ। पीडित बालिकाकी माइजुले दिएको उजुरीका आधारमा दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  

बालिकालाई बलात्कार गरेको मौखिक उजुरीपछि प्रहरी चौकी फत्तेपुरले आरोपितलाई पक्राउ गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपको जिम्मा लगाएको हो। पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

प्रकाशित: १३ आश्विन २०७७ १४:१७ मंगलबार