समाज

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानबाट २ पुरुषको शव फेला

कपिलवस्तुको दुई छुट्टाछुट्टै स्थानबाट २ जना पुरुषको शव फेला परेको छ। यशोधरा गाउँपालिको खोरिया र कृष्णनगर बजारमा ती शव फेला परेका हुन्। तौलिहवाका सुनचाँदी ब्यवसायी राघबेन्द्र बर्मा यशोधरा गाउँपालिका अन्गृत बाणगंगा नदीको खोरियामा मृत भेटिएको प्रहरीले जनाएको छ।  

घरबाट ४ दिनदेखि बेपत्ता रहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। बर्मा शनिबार साँझ घुम्न भनी घरबाट निस्केको र राती अबेरसम्म नफर्केपछि परिवारले खोजतलासका लागि प्रहरीमा खबर गरेका प्रहरीले जनाएको छ।  

यसैगरी  कृष्णनगर नगरपालिका वडा नं. २ को बसपार्क स्थित लक्ष्मी हार्डवयर नजिकै ६० वर्षको पुरूषको शव फेला परेको छ। मधेशी मूलको जस्तो देखिने उक्त शव कस्को हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७७ ११:०५ मंगलबार