समाज

मौसम पूर्वानुमानः यी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आज प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली भइ थोरे स्थानमा हल्का वर्षा हुने छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी प्रदेशमा आशिंक बदलीको सम्भावना छ। हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको महाशाखाले जनाएको छ।

हाल  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 असोज १३ गते (मंगलबार)

दिउँसोः प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।  

रातीः प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।  

असोज १४ गते (बुधबार)

दिउँसोः प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  

रातीः प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।  

असोज १५ गते (बिहिबार)

दिउँसोः प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ।  

रातीः प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ। 

प्रकाशित: १३ आश्विन २०७७ ०१:२० मंगलबार

मौसम पूर्वानुमान