जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया कोरोना सङ्क्रमित एक महिलाको बाँकेमा आज मृत्यु भएको छ। सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्ने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
यही असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी ती महिलामा केही दिनदेखि पित्तथैलीको समस्या देखिएको थियो। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको समन्वयमा महिलाको शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ। रासस
प्रकाशित: १२ आश्विन २०७७ १३:४५ सोमबार