समाज

नेपाली कामदारको संख्या बढाउन ओमान इच्छुक

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानका श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइनबीच भेट वार्ता भएको छ।  

बाउइनले राजदूत पराजुलीलाई ओमानको परराष्ट्र नीति,श्रम नीति तथा जनशक्तिको अवस्था लगायत अब आउने दिनमा यहाँको श्रम मन्त्रालयले लिने नीतिहरुको बारेमा जानकारी गराएका थिए। भेटमा नेपाली जनशक्तिबारे जानकार रहेको बताउँदै श्रम क्षेत्रमा विविधता भएमा मात्र मुलुकको विकास गर्न सकिने धारणा व्यक्त गरेको दूतावासले जनाएको छ। नेपालको आर्थिक तथा सामाजिक पक्षमा जिज्ञासा राख्दै नेपाली कामदारहरुको प्रशंसा गर्दै आगामी दिनमा ओमानमा नेपाली कामदारहरुको संख्या बढाउने गरि अझै बढी सहकार्य गर्न ईच्छुक रहेको उनले बताएका छन्।  

राजदूत पराजुलीले मन्त्रीलाई नेपालको हालको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराउँदै हाल नेपालले लिएको उद्देश्य “सुखि नेपाली सम्बृद्ध नेपाल” लाई कार्यान्वयन गर्न अख्तियार गरेका रणनीति एवं कार्ययोजनाहरुबारे बताएकी थिइन्। साथै पराजुलीले नेपाल र ओमानबीच हुने तयारी भएको श्रम सम्झौताको पछिल्लो अवस्थाबारे जानकारी गराएकी थिइन्।  

 

 

प्रकाशित: १२ आश्विन २०७७ ११:५५ सोमबार

ओमान