समाज

मौसम पूर्वानुमानः यी स्थानमा हल्का वर्षाको सम्भावना

आज देशभरका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी स्थानको मौसम भने आशिंक बदलीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नम्बर प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

त्यस्त्तै आज राति प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा  हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना छ। हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको महाशाखाको भनाइ छ।  

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १२ गते (सोमबार)

दिउँसोः प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।  

रातीः प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा  हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

असोज १३ गते (मंगलबार)

असोज १४ गते (बुधबार)

दिउँसोः  प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश  मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  

रातीः प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। 

प्रकाशित: १२ आश्विन २०७७ ०२:१५ सोमबार

मौसम पूर्वानुमान