समाज

केसीको जीवन रक्षा गर्न नागरिक अगुवाको अपिल

डा. गोविन्द केसीको समर्थनमा वीरगंजमा निकालेको प्रदर्शन। फाइल तस्बिर: नागरिक

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई नागरिकहरुले आग्रह गरेका छन्। डा. केसीको स्वास्थ्य अवस्था दिनप्रति दिन खस्किँदै गएकाले विगतमा भएका सम्झौता कार्यान्वयन गरी र्वार्ताबाट समाधान खोज्दै उनको जीवन रक्षा गर्न नागरिक अगुवाहरूले माग राखेका हुन्।

चिकित्सा शिक्षा सुधारका लागि १९ औं पटक १४ दिनदेखि अनशनरत केसीको जीवन रक्षा गर्न ती नागरिकहरूले सरकारसँग अपिल गरेका छन्।

केसीको स्वास्थ्य अवस्था खराब हुँदै गइरहेकोले कुनै पनि बेला परिस्थिति गम्भीर बन्नसक्ने भन्दै ३३ जना नागरिक अगुवाहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्।

पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वउपकुलपति प्रा।डा। केदारभक्त माथेमा, कानुनविद् शम्भु थापा, भीमार्जुन आचार्य, विपीन अधिकारी, केदारनरसिंह केसीगायतले डा। केसीको जीवन रक्षा गर्न र उनले उठाएका माग पूरा गर्न सरकारसँग संयुक्त अपिल गरेका छन्। केसीलाई अनशनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक हप्ता भइसक्दा पनि सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको अपिलमा उल्लेख छ।

प्रकाशित: १२ आश्विन २०७७ ०१:२२ सोमबार

डा. गोविन्द केसी नागरिक अगुवाको अपिल