समाज

सात वर्षीया बालिका बलात्कार अरोपमा युवक पक्राउ

बलात्कार आरोपमा पक्राउ अभियुक्त । तस्बिरः महेश्वर

झापाबाट उदयपुर आएर बसोबास गर्दै आएका एक युवक बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। एक ७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा झापा विर्तामोड नगरपालिका ६ घर भई उदयपुरको चौदण्डीगढी नगरपालिका ७ बेलटारमा बस्दै आएका ३५ वर्षीय किरण राई पक्राउ परेका हुन्।  

शुक्रबार दिउँसो अन्दाजी २ बजेको समयमा नाबालिकालाई ललाई फकाई आफ्नो कोठामा लगी जवरजस्ती गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। बालिकाको अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलटारले उनलाई नियन्त्रणमा लिएको हो।  

उनलाई प्रहरी हिरासतमा राखेर जवरजस्ती करणी ऐन अनुसार कारबाही गर्न प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ आश्विन २०७७ ०८:०५ आइतबार