समाज

पाकिस्तानका लागि पूर्वराजदूत राजभण्डारीको निधन

पाकिस्तानका लागि पूर्वराजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ। ललित योग फाउण्डेशनका अध्यक्षसमेत रहेका पूर्वराजदूत राजभण्डारीको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो।

उनले पाकिस्तान, थाइल्याण्ड, चीन र रसियालगायत मुलुकमा कूटनीतिज्ञको भूमिका निर्वाह गरेका थिए। उनले शुरुआती चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को प्रवक्ताका रुपमा पनि काम गरेका थिए।  

राजदूत राजभण्डारीले संयुक्त राष्ट्र सङ्घको विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनले केही समय द राइजिङ नेपालमा अङ्ग्रेजी दैनिकमा पनि काम गरेका थिए। उनले गोरखा दक्षिणबाहुलगायत थुप्रै पदक पाएका थिए। उनका श्रीमती र चार सन्तान छन्। 

प्रकाशित: १० आश्विन २०७७ १२:५४ शनिबार