समाज

चितवनमा बाघले मान्छे मार्‍याे

फाइल तस्बिर

चितवनको भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा शनिबार बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।  

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार बाघको आक्रमणबाट स्थानीय ६५ वर्षीय जगदीश चौधरीको मृत्यु भएको हो।  

घाँस काट्न गएका उनलाई आज बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको हो। शवलाई बाघले नछोडेपछि बाघलाई बेहोस बनाउन प्राविधिक टोली जाने तयारी गरेको उनले जानकारी दिए।  

प्रकाशित: १० आश्विन २०७७ ०९:०३ शनिबार

आक्रमण बाघ