समाज

कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु भएको छ। बझाङ घर भई काठमाडाैंमा कार्यरत एक सैनिक जवानको हिजो वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई असोज ६ गते छारे रोगको लक्षण देखिए पश्चात् आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गर्दागर्दै मृत्यु भएको हो।  

असोज ८ गते स्वाब परीक्षण गर्दा उनलाई कोभिड १९ पोजेटिभ देखिएको थियो। यस सँगै नेपाली सेनामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

हालसम्म नेपाली सेनामा कुल संक्रमित २ हजार १९७ रहेको छ भने निको हुनेको संख्या ५३९ छन्। यस्तै, सक्रिय संक्रमित १ हजार ६५६ रहेको जग्गी अडडाले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७७ ०८:५१ शनिबार