समाज

काठमाडौं उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९१ जना संक्रमित थपिएका हुन्।

पछिल्लो पटक देशभर १ हजार ३ सय १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका समेत गरेर देशभर कूल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ। 

प्रकाशित: ९ आश्विन २०७७ १०:४७ शुक्रबार