समाज

थप ६ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५९ पुगेको छ।

यस्तै पछिल्लो पटक देशभर १३ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। भने १४ सय ५५ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।

देशभर कोरोना संक्रमितको संख्या ७० हजार ६१४ रहेको छ। भने संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८६६ रहेको छ।

आइसोलेसनमा भएकाहरुको संख्या १८ हजार २८९ छ भने ६ हजार ४६४ जना क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित: ९ आश्विन २०७७ १०:३९ शुक्रबार