समाज

मौसममा सामान्य सुधार, उपत्यकामा बिहानै घाम झुल्क्यो, यी क्षेत्रमा भने सतर्कता अपनाउन आग्रह

शुक्रवारदेखि मौसममा सामान्य सुधार आएको छ। तीनदेखि लगातार परेको झरीपछि काठमाडौं उपत्याकामा बिहानै घाम झुल्किएकाे छ भने देशका अन्य ठाउँमा समेत समान्य सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।  

भारतको मध्य प्रदेशको पूर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पूर्व सर्दैछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज १० गते (शनिबार)

दिउँसोः प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुइ स्थानहरुमा मध्यम वर्षाको समेत संभावना रहेको छ।

रातीः प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू तथा कर्णाली प्रदेश र सुदुर(पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का  एक दुइ स्थानहरुमा मध्यम देखि भारी वर्षाको  समेत सम्भावना रहेको छ।

असोज ११ गते (आइतबार)

दिउँसोः प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश, मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानहरुमा स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का  एक दुइ स्थानहरुमा मध्यम वर्षाको  समेत सम्भावना रहेको छ।

रातीः प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा वाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

तर विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन समेत महाशाखाले आग्रह गरेको छ। प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ। 

प्रकाशित: ९ आश्विन २०७७ ०३:२८ शुक्रबार

मौसम पूर्वानुमान