समाज

२५ हजार सक्रिय संक्रमित भए लकडाउन गर्न सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको छ। इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कुनै दिन २५ हजार भन्दा बढी सक्रिय संक्रमित भए लकडाउन गर्न सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

यस्तै संक्रमणदर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पुरा हुन नसक्ने सेवा र व्यवसाय कम्तिमा १ महिना बन्द गर्नुपर्ने मन्त्रालयको ठहर छ।

अहिले सक्रिय संक्रमित १७ हजार ४ सय १४ जना छन्। यस्तै अन्तराष्ट्रिय नाकामा हेल्थ डेक्स स्थापना गर्ने र त्यसका लागि दरबन्दी तयार गर्नेसमेत निर्णय भएको छ।

पिसिआर परीक्षणको धेरै शुल्क लिने ल्याव र अस्पतालको कडाइका साथ अनुगमन गर्ने पनि मन्त्रालयले जनाएको छ।  

यस्तै कोरोना नियन्त्रणका जुन जनु निकायबाट कति खर्च भएको छ ति निकायले तत्कालै खर्च सार्वजनिक गर्न पनि मन्त्रालयले भनेको छ।  

 

प्रकाशित: ७ आश्विन २०७७ ११:३३ बुधबार

‘लकडाउन’