समाज

काठमाडौं उपत्यकामा थपिए ६३७ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा ५० जना संक्रमित थपिएका हुन्।

पछिल्लो पटक देशभर १ हजार १ सय ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका समेत गरेर देशभर कूल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ।  

प्रकाशित: ७ आश्विन २०७७ १०:४६ बुधबार