समाज

११ सय ७२ कोरोना संक्रमित थपिँदा १८ सय ९३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ४ सय ४९ पीसीआर परीक्षण गर्दा ११ सय ७२ जनामा संक्रमण देखिएको हो। यो सँगै संक्रमितको संख्या ६७ हजार ८०२ पुगेको छ।

थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४३६ पुगेको छ। पछिल्लो २४ घण्टामा १८ सय ९३ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: ७ आश्विन २०७७ १०:३६ बुधबार