समाज

१० किलो अफिमसहित दुई महिला पक्राउ

अफिमसहित पक्राउ परेका दुई महिला ।

रोल्पा प्रहरीले ठूलो परिणाममा लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाको बिशेष टोलीले उक्त लागुऔषध पक्राउ गरेको हो। थवाङ गाउँपालिका वडा न. २ छेर्लावाङस्थित गोरेटो बाटोमा अफिमको कारोवार भईरहेको सूचनाका आधारमा रोल्पा प्रहरीले अप्रेशन सुरु गरेको थियो।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर खड्काको कमाण्डमा गएको प्रहरीले थवाङ २ ठूलो गाउँकी ३६ वर्षीया बिन ज्योती रोका र सोहि ठाउँकि ४५ वर्षीया मुली झाकृबाट ९.८२ ग्राम अफिम बरामद भएको हो। पक्राउ गरिएका दुबै जनालाई कानुनी प्रकृया अगाडि बढाईएको बताउदै रोल्पा प्रहरी प्रमुख नरेशराज सुबेदीले भने ‘लागुऔषधका मुख्य कारोवारी खोजी भईरहेको छ।’

यसअघि पनि जिल्लाका बिभिन्न स्थानमा लागुऔषध कारोवार हुने गरेको प्रहरीले बताएको छ।

प्रकाशित: ६ आश्विन २०७७ १३:३२ मंगलबार