समाज

१८ वर्षको हुँदा बलात्कार गरी फरार व्यक्ति ३० वर्षकाे भएपछि पक्राउ

प्रतिकात्मक तस्बिर

इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन्। इलाम जिल्ला प्रहरी कार्यालयले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो।  

फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।  

विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिक रूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरूलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको इलाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।  

उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट जनही ११ वर्ष एक महिना १५ दिन कैद र २१ हजार जरिवाना तोकिएको छ।  

दुवैलाई जिल्ला अदालतमा पेस गरेपश्चात् कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। सोही मुद्दामा एक जना जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् भने एक जना अझै फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०७७ ११:४५ मंगलबार

बलात्कार पक्राउ