समाज

काठमाडौं उपत्यकामा थपिए ६४७ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५११ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जना संक्रमित थपिएका हुन्।

पछिल्लो पटक देशभर १ हजार ३ सय ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।  आज थपिएका समेत गरेर देशभर कूल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ।  

प्रकाशित: ६ आश्विन २०७७ १०:५० मंगलबार