समाज

धरानमा एकै दिन थपिए ३२ कोरोना संक्रमित

धरानमा आज एकै दिन ३२ जनामा कोरोना संक्रमित थपिएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाको रिपोर्ट अनुसार ३० जना विभिन्न वडाका व्यक्तिहरु छन् भने २ जना वीपी प्रतिष्ठान भित्रका छन्। उनीहरुको असोज २ गते धरान १२ को अमान बजार र एन्फा एकेडेमी क्वारेन्टिनमा स्वाब संकलन गरिएको थियो। स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमण पुष्टि भएकाहरुमा २ जना जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी छन् भने १ जना संघीय प्रहरी ईकाई कार्यालय धरान १३ मा कार्यरत प्रहरी पनि छन्।  

यस्तै, धरान १२ का २९ बर्षको पुरुष, २८ वर्षकी महिला, ३८ वर्षको महिला, ४५ वर्षको पुरुष र ३० वर्षको पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।धरान ७ को ९ जना छन् छन्। यसअघि एक जना इलाका प्रहरी कार्यालयमा पोजेटिभ देखिएका प्रहरीको श्रीमतिसहित सोही घरमा डेरा बस्नेहरुमा संक्रमण देखिएको हो। मेहताका अनुसार सबै महिला छन्। संक्रमित हुनेहरुमा  ८५ वर्षकी, ६७ वर्षकी, २२ वर्षकी, १९ वर्षकी, ४७ वर्षकी, ३३ वर्षकी, २५ वर्षकी, ७ वर्षकी र ६० वर्षकी महिला छन्।  

यसैगरि, धरान ३ को २९ बर्ष र ३६ वर्षको पुरुषको पनि रिपोर्ट पाजेटिभ आएको छ।, धरान १७ को ४७ वर्षको पुरुष, ५९ वर्षको पुरुष र ५० वर्षको महिलाको पनि रिपोर्ट पोजेटिभ आएको छ। धरान १३ को २७ वर्षकी महिला, धरान १३ को ४३ वर्षको र २२ बर्षको पुरुष छन् भने धरान १६ को ५० वर्षकी महिला र १९ वर्षकी महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ।  

धरान २ को ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनीहरु २१ वर्षको महिला, ४८ वर्षको पुरुष र २४ वर्षको महिला छन्।यसबाहेक, वीपी प्रतिष्ठानका एक नर्स र डाक्टरको क्वार्टरमा कार्यरत १८ वर्षीया महिलालाई पनि संक्रमण पुष्टि भएको छ। योसँगै धरान कुल संक्रमितको संख्या ४२७ पुगेको पनि मेहताले जानकारी दिए।

 

 

प्रकाशित: ६ आश्विन २०७७ ०५:५२ मंगलबार

कोरोना भाइरस धरान