समाज

थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको छ।

यस्तै पछिल्लो पटक देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ४४७ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।

देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ रहेको छ। भने संक्रमणमुक्त हुनेको संख्या ४५ हजार २६७ रहेको छ।

आइसोलेसनमा भएकाहरुको संख्या १७ हजार १२९ छ भने ७ हजार ७३५ जना क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित: ३ आश्विन २०७७ १०:४९ शनिबार