समाज

थप ८ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।

यस्तै पछिल्लो पटक देशभर १५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ६८ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।  

देशभर कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ रहेको छ। भने संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ७०६ रहेको छ।

आइसोलेसनमा भएकाहरुको संख्या १६ हजार २४२ छ भने ७ हजार ७८२० जना क्वारेन्टिनमा रहेका छन्।

प्रकाशित: ३१ भाद्र २०७७ १०:४० बुधबार