समाज

सप्तरीका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

कोरोना भाइरसको संक्रमणबाट सप्तरीका एक पुरुषको बुधबार वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ। मृगौला रोगी समेत रहेका संक्रमित खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

भदौ २८ गते गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उनी कोरोना पोजेटिभ  पुष्टि भएपछि धरान रेफर गरिएको गजेन्द्र नारायणसिंह अस्पतालका निमिति प्रमुख डा. रन्जीज झाले बताए। मंगलबारदेखि प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा उपचाररत्त उनको वुद्यबार विहान मृत्यु भएको डा. झाले बताए।

मृगौलाको समस्या भएर सगरमाथा अस्पतालमा नियमित उपचार गराउँदै आएका थिए। उनलाई धेरै पटक हाम्रो उपचार प्रयासबाट बचाइएको थियो डा. झाले भने,‘यस पटक कोरोना संक्रमणले उनको ज्यान गयो। पछिल्लो समय उनमा मुटु र रक्तचापको समेत समस्या देखिएको थियो, डा. झले बताए । यससँगै सप्तरीमा कोरोनाबाट मृतकको संख्या ९ पुगेको छ।

 

 

प्रकाशित: ३१ भाद्र २०७७ ०५:२६ बुधबार

कोरोना भाइरस मृत्यु