समाज

वीपीमा विराटनगरका कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विराटनगरका कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत विराटनगर १२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो। प्रतिष्ठानका अनुसार दिउँसो २ बजेर १८ मिनेटमा मृत्यु भएको थियो। मृतक भदौ १७ गते विराटनगरस्थित म्याक्स हस्पिटलबाट रिफर भएर वीपीमा भर्ना भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। उनलाई भदौ १६ गते कोभिड १९ पुष्टि भएको थियो।

प्रतिष्ठानका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएपछि वीपीमा रिफर भएका थिए। यस्तै, कोभिड १९ संक्रमण पनि पुष्टि भएकोले म्याक्स हस्पिटलले वीपीमा रिफर गरेको थियो।  

मृतकलाई पहिलादेखि नै उच्चरक्तचापको समस्या थियो। वीपी प्रतिष्ठानमा मृत्यु हुने कुल संक्रमितहरुको संख्या २५ पुगेको छ।

प्रकाशित: २८ भाद्र २०७७ १३:४२ आइतबार