समाज

बैतडीको कुस्मौतघाटमा सशस्त्रको बीओपी

कुस्मौतघाटमा स्थापना भएको शस्त्र प्रहरीको बीओपी । तस्बिरः बिरा/नागरिक

भारतसँग सीमा जोडिएको बैतडीको शिवनाथ गाउँपालिकाको कुस्मौत घाटमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। बिहीबार शिवनाथ गाउँपालिकाको वडा नं.१, कुस्मौतघाटमा सशस्त्र प्रहरी सुदूरपश्चिम प्रदेश प्रमुख डीआइजी हरिशंकर बुढाथोकीले बीओपी स्थापना गरेका हुन्।  

यसअघि भारतसँग सीमा जोडिएको झुलाघाट र पञ्चेश्वरमा बीओपी स्थापना भइसकेका छन्। कुस्मौतघाटमा बीओपी स्थापना भएपछि भारतसँग सीमा जोडिएको ६५ किलो मिटरमा तीनवटा ओिपी पुगेको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका प्रमुख डिएसपी गणेश शाहले बताए।  

सीमामा बीओपी स्थापना भएपछि अवैध रुपमा हुने चोरी निकासी र सीमामा हुने अपराध नियन्त्रण हुने सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २५ भाद्र २०७७ १२:१२ बिहीबार