समाज

निषेधाज्ञा खुकुलो, सवारी साधनमा जोरबिजोर

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा लब्म्याएको छ।  

बैठकले भोलिदेखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन। त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए। उनले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताए। स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको उनको भनाई छ। अन्य क्षेत्रमा भने भदौ ३१ सम्म निषेधाज्ञा रहने जनाइएको छ।

 

प्रकाशित: २४ भाद्र २०७७ ११:५४ बुधबार