समाज

प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए, ५२ जना डिस्चार्ज

प्रदेश १ मा १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार प्रदेशका विभिन्न आइसोलेसनबाट ५२ जना डिस्चार्ज भएका छन्। मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५१ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् भने रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण पुष्टि भएको छ।  

त्यस्तै सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहबीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला १ पुरुष, झापाको कनकाईमा ७ महिला ६ पुरुष, विर्तामोड र बाह्रदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ। प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ। मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ।  

प्रदेश १ मा ५२ जना डिस्चार्ज भएका छन्। सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आइसोलेसन, चतराबाट ३१, बि.जेनरल अस्पताल आइसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आइसोलेसनबाट ५, काली सदन आइसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आइसोलेसनबाट १ जना डिस्चार्ज भए। हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९६ पुगेको छ।  

प्रदेशमा१ लाख ३ सय ४८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। सोमबार १ हजार ८ सय ६० जनाको परीक्षण भएको छ।

 

 

प्रकाशित: २२ भाद्र २०७७ १२:१३ सोमबार

कोरोना भाइरस