समाज

थप ९ सय ७९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९२१८ जनामा गरिएको पिसिआरमा उक्त संक्रमण देखिएको हो। पछिल्लो पटक १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन्। अहिले देशमा १६२९९ सक्रिय संक्रमित रहेका छन्।

 

प्रकाशित: २२ भाद्र २०७७ १०:४६ सोमबार

कोरोना भाइरस