समाज

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

वर्षाकाे प्रतिकात्मक तस्बिर

सोमबार (आज) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तथा राति  देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो ।  

साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहकाले २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ ।  

महाशाखाले सोमबार बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिनअन्तर्गत जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ : प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित: २२ भाद्र २०७७ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App