समाज

खानेपानीको माग गर्दै रित्तो गाग्रीसहित चरिकोटमा प्रर्दशन

चरिकोटमा आइतबार दिउँसो निषेधाज्ञाकै समयमा खानेपानी माग्दै रित्ता गाग्रीसहित प्रदर्शनमा भएको छ। जिल्लाको मेलुङ गाउँपालिका ४ भेड्पुमा संघीय सरकारले  खानेपानी योजनाको बजेट कटौती गरेको भन्दै ज्ञापन पत्र बोकेर गुनासो गर्न बिहिबार गाउँपालिका कार्यालय पुगेका थिए।  

ज्ञापन पत्र बुझाउने क्रममा गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ र स्थानीय बीच विवाद हुने क्रममा अध्यक्ष माथि  दुव्र्यवहार भएको भन्दै ५ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ गरेको विरोध गर्दै  आईतबार चरिकोटमा  रित्तो गाग्री सहित स्थानी प्रर्दशनमा उत्रिएका हुन्।  

साविक भेड्पु गाविसको वडा नं १ २ र ३ का लागि  संघीय सरकारबाट आएको क्रमागत योजनाको बजेट आफ्ना वडाध्यक्षलाई समेत थाहै नदिई अन्यत्रै सर्भे गर्न लागिएको भन्दै खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृपाश्वर गोलेको नेतृत्वमा गाउँपालिका अध्यक्ष श्रेष्ठ बीच विवाद भएको थियो।  सो क्रममा अध्यक्ष श्रेष्ठलाई दुव्र्यवहार र हातपात गर्न खोजेको भन्दै ५ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो।  

खानेपानी योजनाको बिषयमा छलफल गर्न जाँदा उपभोक्तालाई पक्राउ गरेको विरोधमा आइबार  भेड्पुका स्थानीयले सदरमुकाम चरिकोटमा रित्ता गाग्री सहित प्रर्दशन गरेका हुन्। उनीहरुले प्रर्दशन अघि नै सदरमुकाम चरिकोटमा कोरोनाका संक्रमित देखिएपछि जिल्ला प्रशासन कार्यालयले एक साताका लागी भीमेश्वर नगरपालिका क्षेत्रमा निषेधाज्ञा लागू गरेको थियो।  

गाउँपालिका अध्यक्ष विरुद्ध नाराबाजी गर्दै बजारका बिभिन्न भागको परिक्रमा गरेको जुलुस सातदोबाटो चोकमा पुगेर टुंगिएको थियो। जुलुसका सहभागीले खानेपानी माग्न जाँदा जनता थुनाईएको आरोप लगाउदै नाराबाजी गरेका थिए। चोकमा आयोजित कोण सभामा स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार समेत बनेका दोलखा कांग्रेसका नेता बर्मा लामाले सम्बोधन गरेका थिए।  

प्रकाशित: २१ भाद्र २०७७ ११:३३ आइतबार