समाज

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। भक्तपुर १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद सुवालले संक्रमणपछि आफु ‘होम आइसोलेसन’ मा रहेको बताए।  

उनले आफुमा भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको बताए। एक जना साथिलाई कोरोना देखिएपछि सुवालले पिसिआर परीक्षण गराएका थिए। उनले दुई सातादेखि भेटघाट बन्द गरेका थिए। उनी मजदुर किसान पार्टीका सचिव समेत हुन्।  

 

प्रकाशित: २१ भाद्र २०७७ ०७:०५ आइतबार

कोरोना भाइरस