समाज

रातो मच्छिन्द्रनाथको रथ आज तानिने

५ सय भन्दा बढी उपस्थिति नहुन निर्देशन

फाइल तस्वीर

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ। पुल्चोक मच्छिन्द्रवहालमा रहेको रथलाई केही मिटर परसम्म तानेर विधि अनुसार स्थानीयले पुजाआजा गर्नेछन्। प्रशासनले भीडभाड रोक्न ५ सय भन्दा बढी मानिसरुलाई उपस्थिति नहुन निर्देशन दिएको छ। रथ तान्नुअगाडि गुर्जकोे पल्टनबाट सलामी पनि दिइने छ।  

कोरोना महामारीका कारण अवरोध बनेको रथयात्रालाई यसपटक औपचारिकता मात्रै दिन लागिएको गुठी संस्थान ललितपुर शाखा प्रमुख राजन भुजूले जानकारी दिए। उनका अनुसार रथको रुट अनुसार तान्न नपाए पनि रथमाथि गरिने सम्पूर्ण पूजाआजाका काम भने गरिने भएको छ। पुजाआजाका सम्पूर्ण काम आजै सक्ने र साइत हेराएर रातो मच्छिन्द्रनाथको मुर्तिलाई बुङमति लगिने छ।

कोरोना महामारी नभएको भए जात्राको पहिलो दिन पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःवहालमा पु¥याइन्थ्यो। त्यसपछि क्रमशः गाःवहाल, मंगलबजार, सुन्धारा, चक्रवहिल हुँदै लगनखेलस्थित थटीटोलमा लगेर राखिन्थ्यो। त्यहाँ लगेपछि फेरि नयाँ साइत हेरेर भोटो देखाउनका लागि जावलाखेलतर्फ लगिन्थ्यो। भोटो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा भए पनि यसपटक भने मच्छिन्द्रलाई मात्रै भोटो देखाइने छ। भोटो देखाउने साइत भने हेरिएको छैन। अर्को साइत अनुसार मच्छिन्द्र देवतालाई मात्रै भोटो देखाएर मुर्ति बुङमति लगिने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए।  

जात्रा सञ्चालनको लागि स्थानीय १९ वटा गुठीले सहकार्य गर्दै आइरहेका छन्। जात्राका क्रममा टीकाभैरव, क्रोघ भैरव, श्वेत भैरव र चन्द्र भैरवको विधिवत पूजाआजा गरिन्छ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार मानवीय क्षति नहोस् भनेर यी देवताको पूजाआजा गरिन्छ। रथ गुडाउनुभन्दा अघि पांग्रामा क्षमा, सिद्धि पूजा र भैरव प्रतिस्थापन गर्नुपूर्व चित्रकारहरू रङरोगन गर्छन्। जात्रालाई सहकालका देवताका रूपमा हिन्दू र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन्। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ।

रथमा काठ बान्ने, डोरी बनाउने, बे्रक बनाउनेलगायत काम यवाल, घकु, बुसीलगायत समुदायका व्यक्तिहरूले गर्छन्। रथ तान्ने क्रममा बिग्रियो भने पनि यिनै समुदायका व्यक्तिहरूले मर्मत गर्छन्।  

मच्छिन्द्रनाथ जात्रा खेती किसानीसँग सम्बन्धित रहेको किंवदन्ती छ। करिब १६ सय वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ। नेवारी परम्पराअनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलहरू परिक्रमा गराउने परम्परा छ। तिथिमिति नजुरेको समयमा भने ६ महिनासम्म पनि जात्रा चलिरहन्छ।

किंवदन्ती अनुसार यो जात्रा ईस्वी संवत् ५४६ सालदेखि सुरु भएको मानिन्छ। यो जात्रालाई सहकालका देवताका रूपमा हिन्दू र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन्। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्। जावलाखेलमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु¥याउने परम्परा छ। रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ। यसपटक भने कोरोना महामारीका कारण भोटो देखाउने कार्यक्रम राखिएको छैन।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।

किंवदन्तीअनुसार करिब एक हजार पाँच सय वर्षपहिले उपत्यकामा १० वर्षसम्म पानी परेन। पानी पर्न छाडेपछि सबैतिर हाहाकार मच्चियो। खेतीपाती हुन छाड्यो। मानिसहरू खडेरीले व्याकुल भए। यसै बखतमा काठमाडौंका बन्धुदत्त बज्राचार्य, भक्तपुरका राजा नरेन्द्रदेव र ललितपुर पाटनका ज्यापुले मच्छिन्द्रनाथ देवतालाई उपत्यकामा ल्याएपछि पानी पर्छ भन्ने कसैबाट सुने।

लामो बाटो धाएर मच्छिन्द्रनाथ यहाँसम्म ल्याएपछि पानी परेको किंवदन्ती छ,’ संस्कृतिविद् बुद्धिराज बज्राचार्यले भने, ‘भारतको कामरुकामक्षबाट मच्छिन्द्रनाथलाई बोकेर ल्याएपछि कहाँ राख्ने भन्ने विषयमा फेरि काठमाडौं, भक्तपुर र ललितपुरवासीबीच हानथाप चल्यो, विवाद चर्कियो, ललितपुरका ज्यापु अलि बाठा भएकाले ललितपुरमै राख्न सफल भए।’

प्रकाशित: २१ भाद्र २०७७ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App