समाज

सावा खोलामा माछा मार्न गएका दुई जना बेपत्ता

ताप्लेजुङको श्रीगंगा ७ लुम्लास्थित सावाखोलामा माछा मार्न गएका दुई जना खोलाले बगाएर बेपत्ता भएका छन्। शनिवार साँझ पाँच बजेतिर खोलामा माछा मार्न गएका सितिङवा ७ सुरङछिमका ३२ वर्षीय सुर्यमान लिम्बू र ३६ वर्षीय सूर्य लिम्बू बेपत्ता भएका हुन्।

खोलामा बगेर दुई जना बेपत्ता भएको जानकारी पाएसँगै थप अनुसन्धान शूरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुंका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए। 

प्रकाशित: २० भाद्र २०७७ १५:२२ शनिबार

माछा मार्न बेपत्ता